Tekmandu

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz GigaUplink नेटवर्क सञ्चालनमा ल्याएका छन्। बेइजिङका प्रमुख सहर र क्षेत्रहरूलाई लक्षित गर्दै १० हजारभन्दा बढी base stations मार्फत यो सेवा उपलब्ध गराइएको हो।

अहिलेसम्मका मोबाइल नेटवर्कहरू मुख्यतया डाटा डाउनलोड स्पीड बढाउनमा केन्द्रित थिए। तर मोबाइल AI प्रविधिको द्रुत विकाससँगै प्रयोगकर्ताको डिभाइसबाट क्लाउडमा ठूलो मात्रामा डाटा पठाउनुपर्ने (Uplink) आवश्यकता ह्वात्तै बढेको छ। यही बदलावलाई सम्बोधन गर्न यो शक्तिशाली अपलिङ्क नेटवर्क तयार पारिएको ह्वावेले जनाएको छ।

ह्वावेका अनुसार AI स्मार्टफोन्स, AI चश्मा, स्मार्ट क्यामेरा र अन्य intelligent devices जस्ता डिभाइसहरूलाई सहजरूपमा चलाउन बलियो अपलिङ्क क्षमता अपरिहार्य बन्दै गएको छ। Real time मा डाटा आदानप्रदान गर्नुपर्ने भएकाले अब टेलिकम अपरेटरहरूको लगानी पनि अपलिङ्क संरचना सुधारतिर मोडिने देखिन्छ।

३४ किलोमिटरको परीक्षणमा १ Gbps को पिक स्पीड

नेटवर्कको क्षमता मापन गर्न बेइजिङको ३४ किलोमिटर लामो रुटमा गरिएको परीक्षणका क्रममा यो नेटवर्कले १ Gbps सम्मको peak uplink speed र औसतमा ३९७ Mbps को throughput दर्ता गरेको छ।

चाखलाग्दो कुरा के छ भने  यो पूरै यात्राभरि ८३ प्रतिशत समय नेटवर्कले १०० MHz को प्रभावकारी अपलिङ्क क्षमता कायम राख्यो भने केवल ०.१ प्रतिशत क्षेत्रमा मात्रै कमजोर सिग्नल देखिएको थियो। चाइना युनिकमका अनुसार यो प्रविधिले मिलीसेकेन्डमै डाटा ट्रान्सफर गर्ने AI glasses, स्मार्ट एजेन्टयुक्त AI phones र रियल टाइम क्लाउड इमेज एनालाइसिस जस्ता जटिल सेवाहरूलाई सहज बनाइदिएको छ।

३.५ GHz र २.१ GHz फ्रिक्वेन्सीको संयोजन

यो ठूलो परिमाणको नेटवर्क निर्माण गर्न ३.५ GHz र २.१ GHz spectrum bands को समन्वयात्मक प्रयोग गरिएको ह्वावेले बताएको छ। आगामी दिनमा प्रविधिलाई अझ परिस्कृत बनाउन multi band pooling र multi dimensional coordination जस्ता क्षेत्रमा थप नवीनता आवश्यक पर्ने कम्पनीको भनाइ छ।

आगामी दिनमा AI प्रविधिको विस्तारसँगै टेलिकम अपरेटरहरूका लागि आम्दानीका नयाँ ढोकाहरू खुल्ने अपेक्षा गरिएको छ। ह्वावेले भर्खरै सम्पन्न MWC Shanghai मा पनि AI मा आधारित भ्वाइस कलिङ र स्मार्ट होम असिस्टेन्ट जस्ता उपभोक्ता तथा व्यावसायिक समाधानहरू प्रदर्शन गरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा यो सेवा कहिले विस्तार हुन्छ भन्ने विषयमा ह्वावेले प्रस्ट पारेको छैन। यद्यपि  विदेशमा यो प्रविधि भित्र्याउँदा सम्बन्धित देशको नियम र spectrum को उपलब्धताका आधारमा अघि बढ्ने ह्वावेको रणनीति छ।

अहिले संसारभर अर्बौँ डिभाइसहरूले निरन्तर रूपमा क्लाउडमा डाटा अपलोड गरिरहेका छन्। यो बदलिँदो अवस्थालाई ध्यानमा राख्दै ५G-A नेटवर्कले अब डाउनलोडमा मात्र होइन  अपलिङ्कमा पनि उत्तिकै जोड दिन थालेको यो पछिल्लो विकासले देखाउँछ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...