Tekmandu

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध ‘स्वीफ्ट’ गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अन्तरिक्षमा प्राविधिक समस्यामा परेको छ। पृथ्वीको वायुमण्डलमा खसेर नष्ट हुनबाट जोगाउने उद्देश्यले पठाइएको ‘लिंक’ (Link) नामक स्याटेलाइट प्रक्षेपण भएको एक महिना नपुग्दै प्राविधिक गडबडीको शिकार बनेको हो।

स्याटेलाइट निर्माण गरेको कम्पनी क्याटालिस्ट स्पेस टेक्नोलोजीजका अनुसार गत साताको छोटो अवधिमै यानको ‘एटिच्युड कन्ट्रोल’ (दिशा र स्थिति सन्तुलन मिलाउने प्रणाली) मा समस्या देखिएको थियो। जसका कारण यान अन्तरिक्षमै अनियन्त्रित रूपमा घुम्न थालेको र भुइँमा रहेका नियन्त्रकहरूसँगको सम्पर्क समेत अनियन्त्रि हुन थालेको नासाले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार यानको दिशा नियन्त्रण गर्ने तीनवटा ‘रिएक्सन ह्विल’ मध्ये दुईवटाले काम गर्न छाडेका छन्। यसबाहेक सूक्ष्म सन्तुलनका लागि प्रयोग हुने ‘कोल्ड ग्याँस थ्रस्टर सिस्टम’ को कार्यक्षमतामा पनि केही गिरावट आएको छ।

सामान्यतया अन्तरिक्षमा स्याटेलाइटलाई निश्चित दिशामा फर्काइराख्न रिएक्सन ह्विलको प्रयोग गरिन्छ। तर  मुख्य प्रणालीमै समस्या आएपछि अहिले प्राविधिकहरूले वैकल्पिक उपाय खोज्न थालेका छन्।

जोखिम र अवसरको दोबाटोमा मिसन

गत जुलाई ३ मा नर्थरोप ग्रुम्यानको ‘पेगासस एक्सएल’ रकेटमार्फत यो यान अन्तरिक्षतर्फ पठाइएको थियो। मिसनको सुरुवाती साताहरूमा काम निकै राम्रोसँग अघि बढेको थियो। स्याटेलाइटका सोलार एरेहरू सही रूपमा खुलेका थिए भने क्याटालिस्टको अपरेसन सेन्टरसँगको सम्पर्क पनि स्थिर थियो। यानमा रहेको ‘जेनन’ इन्धनबाट चल्ने इलेक्ट्रिक थ्रस्टरको पहिलो परीक्षण पनि सफल भएको थियो।

पृथ्वीबाट करिब २०० माइल माथि रहेको स्वीफ्ट टेलिस्कोपसम्म पुग्न र यसको उचाइ बढाउन तिनै इलेक्ट्रिक थ्रस्टरहरू नै यो मिसनका मुख्य आधार हुन्। पूर्वयोजना अनुसार लिंक स्याटेलाइटले आफ्ना तीनवटा रोबोटिक आर्म (हात) को मद्दतले स्वीफ्टलाई समात्ने र इलेक्ट्रिक थ्रस्टर चालू गरेर त्यसलाई माथिल्लो कक्षमा धकेल्ने तय थियो।

तर अहिले आएर परिस्थितिले अर्कै मोड लिएको छ। यानलाई अन्तरिक्षमा स्थिर राख्नका लागि इन्जिनियरहरूले तिनै इलेक्ट्रिक थ्रस्टरको सहयोग लिन बाध्य भएका छन्  जुन कामका लागि तिनको डिजाइन नै गरिएको थिएन।

किन यति महत्त्वपूर्ण छ स्वीफ्ट?

यदि यो उद्धार मिसन सफल भएन भने आउँदो केही महिनाभित्रै स्वीफ्ट टेलिस्कोप पृथ्वीको वायुमण्डलमा घस्रिएर जलेर नष्ट हुनेछ। करिब २२ वर्ष पुरानो ‘निल गेह्रेल्स स्वीफ्ट अब्जर्भेटरी’ आफ्नो तोकिएको कार्यअवधिभन्दा धेरै समयदेखि सेवामा छ। आफूभित्र आफ्नै प्रपल्सन सिस्टम नभएकाले यो यानले आफूलाई आफैँ जोगाउन सक्दैन।

ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली विस्फोटका रूपमा चिनिने ‘गामा-रे बर्स्ट’ पत्ता लगाउन नासासँग भएका थोरै उपकरणमध्ये स्वीफ्ट एक हो। त्यसैले नासा यसलाई हरहालतमा जोगाउन चाहन्छ र यसैका लागि क्याटालिस्ट कम्पनीलाई ३ करोड अमेरिकी डलर भुक्तानी गरिरहेको छ।

स्वीफ्टको वैज्ञानिक मिसन लम्ब्याउनु मात्र नासाको उद्देश्य थिएन। यो मिसनमार्फत नासा व्यावसायिक स्याटेलाइट सर्भिसिङ क्षेत्रको क्षमता र नयाँ प्रविधिको परीक्षण पनि गर्न चाहन्थ्यो। स्वीफ्टको कक्ष तीव्र गतिमा घट्दै गइरहेकाले नासाले क्याटालिस्टलाई यान निर्माण र प्रक्षेपणका लागि जम्मा ९ महिनाको समय दिएको थियो जुन यति जटिल मिसनका लागि असाध्यै छोटो समय हो। कम्पनीले तोकिएकै समयमा यान तयार पारे पनि खराब मौसम र रकेटको प्राविधिक समस्याका कारण जुलाई ३ मा मात्रै प्रक्षेपण सम्भव भएको थियो।

अझै बाँकी छ आशा

अन्तत यो मिसनको परिणाम जेसुकै भए पनि नासाका अधिकारीहरू अहिलेसम्मको प्रयासबाट भने सन्तुष्ट नै देखिएका छन्। नासाको एस्ट्रोफिजिक्स डिभिजनका डाइरेक्टर उन शाउन डोमगल-गोल्डम्यानले भनेका थिए, “कार्यक्रमगत दृष्टिकोणबाट हेर्दा हामीले यो आँट गर्यौँ, त्यो नै हाम्रा लागि एउटा ठूलो सफलता हो।”

खुसीको कुरा  लिंक स्याटेलाइटले अझै पनि पर्याप्त इलेक्ट्रिकल पावर उत्पादन गरिरहेको छ र जमिनमा रहेको टोलीसँग सम्पर्कमै छ। यसले गर्दा इन्जिनियरहरूलाई रिएक्सन ह्विलको समस्या सुल्झाउने योजना बनाउन केही समय मिलेको छ।

प्रक्षेपणअघि नै क्याटालिस्टका प्रमुख अनुसन्धानकर्ता किरण विल्सनले यस्ता सम्भावित जोखिमबारे संकेत गरेका थिए। उनले भनेका थिए, “हाम्रा अघिल्ला प्रोग्रामहरूमा पनि पावर सिस्टम र कम्युनिकेसनमा समस्या आएका थिए। तर आधारभूत तहमा यानले काम गरिरह्यो भने बाँकी प्राविधिक जटिलताहरू सुल्झाउन हामीसँग पर्याप्त लचिलकता र क्षमता हुन्छ।”

नासाका अनुसार अहिले पहिलो प्राथमिकता यानलाई अन्तरिक्षमा पुन स्थिर बनाउनु हो। त्यसपछि यानको नयाँ कन्फिगरेसन अनुसार यसको गाइडन्स, नेभिगेसन र कन्ट्रोल सिस्टमलाई अपडेट गरिनेछ। क्याटालिस्ट र नासाका टोलीहरूले सुरक्षाका सबै मापदण्ड र यानको स्वास्थ्य स्थिति जाँचेर मात्रै स्वीफ्टनजिक पुग्ने र त्यसलाई समात्ने नयाँ योजनाबारे अन्तिम निर्णय लिनेछन्।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...