Tekmandu

म्याक र विन्डोजमा यसरी चलाउनुहोस् ‘लोकल एआई’, घन्टौंको काम सेकेन्डमै

काठमाडौं —  गोपनीय डकुमेन्ट वा कम्पनीको आन्तरिक फाइल वेबमा आधारित एआई च्याटबोटमा राख्दा डाटा चुहावटको डर लागिरहेको छ? ग्राहकका गोप्य प्रस्ताव, नयाँ प्रडक्टको रोडम्याप वा वित्तीय विवरण क्लाउडमा पठाउन संस्थागत नीतिले दिँदैन। अर्कोतर्फ, दैनिक रूपमा दोहोरिने झन्झटिला काम छिटो सक्न एआई नभई भएको पनि छैन।

यसको सहज समाधान हो— आफ्नै कम्प्युटरमा ‘लोकल एआई’ मोडल चलाउनु।

कुनै डाटा बाहिर नजाने र इन्टरनेटविना नै पूर्ण रूपमा अफलाइन चल्ने साना तथा दु्रत एआई मोडलहरू अब साधारण म्याक वा विन्डोज पीसीमा सजिलै प्रयोग गर्न सकिन्छ।

कसरी सेटअप गर्ने?

लोकल एआई चलाउन कुनै कम्प्युटर साइन्सको डिग्री वा कमान्ड लाइन कोडिङको ज्ञान आवश्यक पर्दैन।

१. LM Studio वा Jan.ai जस्ता नि:शुल्क डेक्सटप एपहरू डाउनलोड गर्नुहोस्। यी एप म्याक, विन्डोज र लिनक्स तीनवै सिस्टममा चल्छन्।

२. एपभित्र रहेको सर्च ट्याबमा गएर Llama 3.2 3B, Mistral 7B वा Phi-3 जस्ता लाइटवेट मोडल डाउनलोड गर्नुहोस्।

३. यी मोडलहरू १६ जीबी र्याम भएको सामान्य विन्डोज पीसी वा एप्पलको ‘एम सिरिज’ (M1 वा सोभन्दा नयाँ) म्याकमा सजिलै चल्छन्।

मोडल डाउनलोड भइसकेपछि इन्टरनेट बन्द गरेरै पनि यी एप प्रयोग गर्न सकिन्छ।

लोकल एआईबाट लिन सकिने ५ फाइदा

  • गोप्य पीडीएफको सारांश: कम्पनीको आन्तरिक लेखापरीक्षण रिपोर्ट वा सम्झौता पत्रबाट मुख्य बुँदाहरू निकाल्न यो उपयोगी हुन्छ। सम्झौताका शर्त वा मितिहरू छुट्ट्याउन डकुमेन्ट एपमा ‘ड्रयाग एन्ड ड्रप’ गरेर कमान्ड दिन सकिन्छ।
  • मिटिङको भद्रगोल ट्रान्सक्रिप्ट सफा गर्ने: मिटिङका लामो र भद्रगोल अडियो ट्रान्सक्रिप्टबाट मुख्य निर्णय र जिम्मेवारी छुट्ट्याउन लोकल एआईले केही सेकेन्डमै काम गर्छ।
  • स्प्रेडसिटको डाटा मिलाउने: नाम, पद र इमेल एउटै लाइनमा कोचिएका डाटाहरूलाई सफा टेबल वा कोलममा मिलाउन यसको प्रयोग गर्न सकिन्छ।
  • संवेदनशील इमेलको मस्यौदा तयार पार्ने: असन्तुष्ट ग्राहक वा भेन्डरलाई पठाउने संवेदनशील इमेलको भाषा मिलाउन आफ्ना मुख्य बुँदाहरू दिएर व्यावसायिक ड्राफ्ट तयार पार्न सकिन्छ।
  • दस्तावेजको सम्पादन र भाषा सुधार: कम्पनीका नीतिगत नियम वा निर्देशिकामा रहेका लामा र जटिल वाक्यलाई सरल बनाउन र व्याकरण सुधार्न पनि यसले राम्रो काम गर्छ।

लोकल एआईको प्रयोगले एकातिर डाटा पूर्ण सुरक्षित रहन्छ भने अर्कोतिर दैनिक कार्यालयी काममा घन्टौंसम्म बचत हुन्छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...