Tekmandu

म्याक र विन्डोजमा यसरी चलाउनुहोस् ‘लोकल एआई’, घन्टौंको काम सेकेन्डमै

काठमाडौं —  गोपनीय डकुमेन्ट वा कम्पनीको आन्तरिक फाइल वेबमा आधारित एआई च्याटबोटमा राख्दा डाटा चुहावटको डर लागिरहेको छ? ग्राहकका गोप्य प्रस्ताव, नयाँ प्रडक्टको रोडम्याप वा वित्तीय विवरण क्लाउडमा पठाउन संस्थागत नीतिले दिँदैन। अर्कोतर्फ, दैनिक रूपमा दोहोरिने झन्झटिला काम छिटो सक्न एआई नभई भएको पनि छैन।

यसको सहज समाधान हो— आफ्नै कम्प्युटरमा ‘लोकल एआई’ मोडल चलाउनु।

कुनै डाटा बाहिर नजाने र इन्टरनेटविना नै पूर्ण रूपमा अफलाइन चल्ने साना तथा दु्रत एआई मोडलहरू अब साधारण म्याक वा विन्डोज पीसीमा सजिलै प्रयोग गर्न सकिन्छ।

कसरी सेटअप गर्ने?

लोकल एआई चलाउन कुनै कम्प्युटर साइन्सको डिग्री वा कमान्ड लाइन कोडिङको ज्ञान आवश्यक पर्दैन।

१. LM Studio वा Jan.ai जस्ता नि:शुल्क डेक्सटप एपहरू डाउनलोड गर्नुहोस्। यी एप म्याक, विन्डोज र लिनक्स तीनवै सिस्टममा चल्छन्।

२. एपभित्र रहेको सर्च ट्याबमा गएर Llama 3.2 3B, Mistral 7B वा Phi-3 जस्ता लाइटवेट मोडल डाउनलोड गर्नुहोस्।

३. यी मोडलहरू १६ जीबी र्याम भएको सामान्य विन्डोज पीसी वा एप्पलको ‘एम सिरिज’ (M1 वा सोभन्दा नयाँ) म्याकमा सजिलै चल्छन्।

मोडल डाउनलोड भइसकेपछि इन्टरनेट बन्द गरेरै पनि यी एप प्रयोग गर्न सकिन्छ।

लोकल एआईबाट लिन सकिने ५ फाइदा

  • गोप्य पीडीएफको सारांश: कम्पनीको आन्तरिक लेखापरीक्षण रिपोर्ट वा सम्झौता पत्रबाट मुख्य बुँदाहरू निकाल्न यो उपयोगी हुन्छ। सम्झौताका शर्त वा मितिहरू छुट्ट्याउन डकुमेन्ट एपमा ‘ड्रयाग एन्ड ड्रप’ गरेर कमान्ड दिन सकिन्छ।
  • मिटिङको भद्रगोल ट्रान्सक्रिप्ट सफा गर्ने: मिटिङका लामो र भद्रगोल अडियो ट्रान्सक्रिप्टबाट मुख्य निर्णय र जिम्मेवारी छुट्ट्याउन लोकल एआईले केही सेकेन्डमै काम गर्छ।
  • स्प्रेडसिटको डाटा मिलाउने: नाम, पद र इमेल एउटै लाइनमा कोचिएका डाटाहरूलाई सफा टेबल वा कोलममा मिलाउन यसको प्रयोग गर्न सकिन्छ।
  • संवेदनशील इमेलको मस्यौदा तयार पार्ने: असन्तुष्ट ग्राहक वा भेन्डरलाई पठाउने संवेदनशील इमेलको भाषा मिलाउन आफ्ना मुख्य बुँदाहरू दिएर व्यावसायिक ड्राफ्ट तयार पार्न सकिन्छ।
  • दस्तावेजको सम्पादन र भाषा सुधार: कम्पनीका नीतिगत नियम वा निर्देशिकामा रहेका लामा र जटिल वाक्यलाई सरल बनाउन र व्याकरण सुधार्न पनि यसले राम्रो काम गर्छ।

लोकल एआईको प्रयोगले एकातिर डाटा पूर्ण सुरक्षित रहन्छ भने अर्कोतिर दैनिक कार्यालयी काममा घन्टौंसम्म बचत हुन्छ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...