काठमाडौं — एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले नयाँ प्रिपेड सिम कार्ड तथा विभिन्न प्याकहरूको खरिदमा ५ देखि २० प्रतिशतसम्म तत्काल (इन्स्ट्यान्ट) क्यासब्याक पाउने भएका छन्।
एनसेलका अनुसार यो योजनामा सहभागी हुन ग्राहकले कम्तीमा रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्नेछ। प्याक एक्टिभेट गरेलगत्तै ग्राहकले क्यासब्याकको पुष्टि गर्ने एसएमएस प्राप्त गर्नेछन्। त्यसपछि एनसेल एपमार्फत २४ घण्टाभित्र उक्त क्यासब्याक दाबी (क्लेम) गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।
दाबी गरिएको क्यासब्याक रकम जारी भएको एक साताभित्र प्रयोग गरिसक्नुपर्नेछ। अफरअनुसार प्याकको मूल्यका आधारमा क्यासब्याक दर निर्धारण गरिएको छ:
- रु. ५० देखि रु. ९९ सम्मको प्याक: ५ प्रतिशत क्यासब्याक
- रु. १०० देखि रु. २०० सम्मको प्याक: १० प्रतिशत क्यासब्याक
- रु. २०१ देखि रु. ४९९ सम्मको प्याक: १५ प्रतिशत क्यासब्याक
- रु. ५०० वा सोभन्दा माथिको प्याक: २० प्रतिशत क्यासब्याक
यो अफर नगदमा साट्न वा अन्य व्यक्तिमा ट्रान्सफर गर्न नमिल्ने भए पनि ग्राहकले प्रत्येक खरिदमा प्राप्त रिवार्ड जम्मा गरेर पछि उपभोग गर्न सक्नेछन्।
कम्पनीका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तका अनुसार एनसेल एपमार्फत पाइने अतिरिक्त सुविधा र डिजिटल इकोसिस्टमसँग ग्राहकलाई जोड्न यो योजना ल्याइएको हो। “हाम्रा ग्राहकले एनसेल एपको असीमित सम्भावना महसुस गरून् भन्ने हाम्रो चाहना हो,” उनले भने, “चाहे त्यो हिमालयन जाभाको कफी होस्, ट्रिप टर्बोको यात्रा योजना वा अल्टिमाका प्रिमियम लाइफस्टाइल उत्पादन खरिद, हाम्रो एप नै विशेष लाभ प्राप्तिको माध्यम बनेको छ।”
