Tekmandu

एआईसँग बोलेरै काम गराउन चाहनुहुन्छ? यसरी चलाउनुहोस् क्लोडको ‘भ्वाइस मोड’

काठमाडौं — कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा तीव्र प्रतिस्पर्धा चलिरहँदा एन्थ्रोपिक कम्पनीले आफ्नो चर्चित च्याटबट ‘क्लोड’ (Claude) मा भ्वाइस मोड अर्थात् बोलेरै निर्देश दिन सकिने सुविधालाई अझ सशक्त र सहज बनाएको छ। सन् २०२५ देखि सुरु भएको यो फिचरमा हालै ठूलो अपडेट गर्दै कम्पनीले आफ्ना शक्तिशाली मोडलहरू र अन्य कनेक्टेड एपहरूसँग यसलाई आबद्ध गराएको छ।

अहिले क्लोड प्रयोगकर्ताले टाइप नगरी सजिलैसँग एआईसँग कुराकानी गर्न, ईमेलको सारांश माग्न वा दैनिक तालिका व्यवस्थापन गर्न सक्छन्। यो फिचर एन्ड्रोइड, आईओएस, डेस्कटप र वेब सबैतिर उपलब्ध भए पनि मोबाइल एपमा यसको कार्यक्षमता सबैभन्दा उत्कृष्ट रहेको एन्थ्रोपिकले जनाएको छ।

कसरी चलाउने भ्वाइस मोड?

मोबाइलमा क्लोडको भ्वाइस मोड प्रयोग गर्न तल दिइएका चरणहरू अपनाउन सकिन्छ:

  1. मोबाइलमा क्लोड (Claude) एप खोल्ने।
  2. स्क्रिनको तल्लो दायाँ कुनामा रहेको कालो रंगको ‘वेभफर्म’ (Waveform) आइकनमा थिच्ने (माइकको आइकनमा होइन)।
  3. पहिलोपटक प्रयोग गर्दै हुनुहुन्छ भने एपलाई माइकको अनुमति (Microphone Permission) दिने।
  4. अब सिधै बोल्न सुरु गर्ने। तपाईंले बोलिसकेपछि क्लोडले उत्तर तयार पार्छ।
  5. काम सकिएपछि ‘Stop’ थिचेर भ्वाइस मोड बन्द गर्न सकिन्छ।

च्याटजिपिटीभन्दा कसरी फरक छ?

क्लोडको भ्वाइस मोड ‘टर्न-बेस्ड’ (Turn-based) प्रविधिमा आधारित छ। यसको अर्थ तपाईंले आफ्नो भनाइ पूरै सकेपछि मात्र यसले सुनेर उत्तर दिन्छ। च्याटजिपिटीको नयाँ भ्वाइस मोड (डुप्लेक्स प्रविधि) जस्तो यसले एकैसाथ सुन्ने र बोल्ने काम गर्दैन। त्यसैले  बोल्दाबोल्दै बिचमा अलिकति रोकिनुभयो भने एआईले प्रश्न सकिएको ठानेर उत्तर दिन थाल्न सक्छ। यसबाट बच्न एकैपटक धेरै प्रश्न सोध्नुको सट्टा टुक्रा टुक्रा पारेर सोध्नु उपयुक्त हुन्छ।

मोडल चयन र अन्य कनेक्टेड एपको प्रयोग

प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार तीनवटा मोडलहरू छान्न सक्छन्:

  • Haiku: छिटो र सामान्य उत्तरका लागि।
  • Sonnet: दैनिक कामहरू सहज रूपमा फत्ते गर्नका लागि।
  • Opus: जटिल कामहरूका लागि (यो सुविधा पेडि/सशुल्क खातामा मात्र उपलब्ध छ)।

यस्तै  भ्वाइस मोडबाटै जिमेल (Gmail), गुगल क्यालेन्डर र स्ल्याक (Slack) जस्ता कनेक्टेड एपहरू नियन्त्रण गर्न सकिन्छ। जस्तै: “मेरा पछिल्ला ईमेलहरूको मुख्य सार के छ?” भनेर सोधेमा क्लोडले ईमेल पढेरै उत्तर दिनेछ।

भाषा र आवाज परिवर्तन गर्ने तरिका

सन् २०२६ को जुलाइसम्म आइपुग्दा क्लोडको भ्वाइस मोड १४ वटा भाषा र तिनका विभिन्न भाषिकामा उपलब्ध भइसकेको छ। यसमा अंग्रेजी (ब्रिटिस, इन्डियन), हिन्दी, चिनियाँ, फ्रेन्च, स्पेनिस, जापानीलगायतका भाषाहरू समावेश छन्।

आवाज र भाषा बदल्नका लागि एपको Settings मा गएर Voice विकल्प छनोट गर्नुपर्छ। अंग्रेजी भाषामा ‘Buttery’, ‘Airy’, ‘Mellow’, ‘Glassy’ र ‘Rounded’ गरी ५ प्रकारका आवाज उपलब्ध छन्। साथै  बोल्ने गति (Slow, Normal, Fast) र रेकर्डिङ गर्ने शैली (Hands-free वा Push to talk) पनि आफ्नो अनुकूलताअनुसार मिलाउन सकिन्छ। ध्यान दिनुपर्ने कुरा के छ भने  एउटै वाक्यमा बिचैमा भाषा फेरेर बोल्दा क्लोडले त्यसलाई ठम्याउन सक्दैन। त्यसका लागि पहिले नै भाषा परिवर्तन गर्नुपर्छ।

के यो सुविधा नि:शुल्क छ?

क्लोडको भ्वाइस मोड प्रयोग गर्न प्रो (Pro) वा म्याक्स (Max) सब्सक्रिप्शन लिनैपर्छ भन्ने छैन। नि:शुल्क प्रयोगकर्ताहरूले पनि हाइकु (Haiku) र सोनेट (Sonnet) मोडलमार्फत यो फिचर सहजै प्रयोग गर्न सक्छन्। तर  ओपस (Opus) मोडल प्रयोग गर्न र एकभन्दा बढी थर्ड पार्टी एपहरू जोड्नका लागि भने सशुल्क खाता नै आवश्यक पर्नेछ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...