Tekmandu

एप्पलले पठायो ११० देशका प्रयोगकर्तालाई आपत्कालीन अलर्ट, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं — नागरिकको व्यक्तिगत गोपनीयता र सुरक्षामा गम्भीर खतरा पैदा गर्ने भ्रामक वा भाडाका ‘स्पाइवेयर’ (जासुसी सफ्टवेयर) आक्रमण बढेपछि प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई उच्च सतर्कता अपनाउन गम्भीर चेतावनी दिएको छ।

एप्पलले बिहीबार विश्वका ११० भन्दा बढी देशका iPhone, iPad र Mac प्रयोगकर्ताहरूलाई उनीहरूको डिभाइस सरकारी वा शक्तिशाली समूहद्वारा निर्मित स्पाइवेयरको निसानीमा परेको हुनसक्ने भन्दै अलर्ट (नोक्सानीको सूचना) पठाएको हो।

कम्पनीका अनुसार सन् २०२१ मा यो प्रणाली सुरु गरेयता हालसम्म १५० भन्दा बढी देशका प्रयोगकर्ताहरूलाई यस्ता सम्भावित आक्रमणबारे सूचित गरिसकिएको छ। यसले सरकारी वा राजनीतिक पहुँचका आधारमा हुने जासुसी सफ्टवेयरको प्रयोग विश्वभर कति तीव्र रूपमा फैलिरहेको छ भन्ने स्पष्ट पार्छ।

कस्तो आउँछ म्यासेज?

एप्पलले यसपटक प्रयोगकर्तालाई सचेत गराउने शैलीमा सुधार गर्दै सिधै मोबाइलको ‘लक स्क्रिन’ मा विशेष ‘पुस नोटिफिकेशन’ (Push Notification) पठाउने व्यवस्था मिलाएको छ।

यदि तपाईंको डिभाइस निसानीमा परेको छ भने स्क्रिनमा यस्तो सन्देश देखिनेछ:

“Apple detected a mercenary spyware attack targeted at your iPhone. There are actions you can take now to protect your data and device.”

(एप्पलले तपाईंको आईफोनलाई लक्षित गरी व्यावसायिक स्पाइवेयर आक्रमण भएको फेला पारेको छ। आफ्नो डेटा र डिभाइस सुरक्षित राख्न तुरुन्त कदम चाल्नुहोस्।)

यसका साथै एप्पलले प्रयोगकर्ताको दर्ता भएको ईमेल र अनलाइन एकाउन्ट लगइन गर्दा पनि यस्तै किसिमको मेसेज पठाउने गरेको छ।

अलर्ट आएमा के गर्ने?

डिभाइसमा यस्तो अलर्ट आउनुको अर्थ डिभाइस पूर्ण रूपमा ह्याक भइसकेको भन्ने होइन, तर आक्रमणको प्रयास भने निश्चित रूपमा भएको संकेत गर्छ। त्यसैले यस्तो सन्देशलाई हल्का रूपमा नलिन विज्ञहरूले सुझाव दिएका छन्।

सुरक्षाका लागि अपनाउनुपर्ने तत्कालका उपायहरू:

  • ‘Lockdown Mode’ अन गर्ने: एप्पलका अनुसार यदि प्रयोगकर्ताले आफ्नो डिभाइसमा ‘लकडाउन मोड’ (Lockdown Mode) सक्रिय बनाएका छन् भने हालसम्म स्पाइवेयरले त्यसलाई पार गरेर डिभाइस ह्याक गर्न सकेको छैन। यो सुरक्षा फिचरले डिभाइसका कतिपय जटिल सुविधाहरूलाई सीमित गरेर सुरक्षा कडा बनाउँछ।
  • विशेषज्ञको सहायता लिने: म्यासेजमा दिइएका निर्देशन पछ्याउँदै डिभाइस सुरक्षित बनाउन प्राविधिक विज्ञ वा सुरक्षा संस्थासँग परामर्श गर्नुपर्छ।
  • सफ्टवेयर अपडेट गर्ने: आफ्नो डिभाइसको अपरेटिङ सिस्टम सधैँ पछिल्लो संस्करणमा अपडेट राख्ने।

आलोचक र अधिकारकर्मीमाथि बढी खतरा

डिजिटल अधिकारसम्बन्धी अनुसन्धान संस्था सिटिजन ल्याब (Citizen Lab) का वरिष्ठ अनुसन्धानकर्ता जोन स्कट-रेल्टनका अनुसार यस्ता स्पाइवेयर आक्रमण सामान्य सर्वसाधारणभन्दा पनि सरकारका आलोचक, नागरिक समाजका प्रतिनिधि, पत्रकार र विपक्षी राजनीतिज्ञहरूमाथि बढी लक्षित हुने गरेका छन्।

“एप्पलले पठाउने यस्ता नोटिफिकेशनले कुनै निश्चित समुदाय वा क्षेत्र निसानीमा परेको छ भन्ने ठूलो संकेत गर्छ। alert आएपछि नै मानिसहरूले सहयोग माग्छन् र त्यसपछि हुने अनुसन्धानले ठूला ठूला जासुसी काण्डहरूको पर्दाफास गर्छ,” स्कट-रेल्टनले भने।

यसअघि पोल्याण्डको अघिल्लो सरकारले चुनावका क्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूमाथि गरेको गैरकानुनी स्पाइवेयर प्रयोगको ठूलो काण्ड पनि एप्पलको यस्तै अलर्टका कारण सार्वजनिक भएको थियो।

एप्पलले जारी गरेको नयाँ सपोर्ट आर्टिकल अनुसार, यस्ता अलर्ट पाएका प्रयोगकर्ताले अब अझ सहज रूपमा आफ्ना डिभाइस कसरी सुरक्षित राख्ने र कहाँ सहयोग माग्ने भन्नेबारे स्पष्ट जानकारी पाउनेछन्।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...