Tekmandu

भिडियो सुरु हुनेबित्तिकै ‘भ्युज’ गन्ने युट्युबको नयाँ नियम, अगस्ट २४ देखि लागू हुने

काठमाडौं — लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा भिडियोको ‘भ्युज’ (Views) गणना गर्ने नियममा व्यापक फेरबदल गरेको छ। अब युट्युबमा कुनै भिडियो बज्न सुरु हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कोही प्रयोगकर्ता प्रवेश गर्नेबित्तिकै त्यसलाई ‘वान भ्यु’ (१ भ्यु) मानिनेछ।

आउँदो अगस्ट २४ देखि लागू हुने यो नयाँ व्यवस्थाबारे युट्युबले सोमबार एक घोषणामार्फत जानकारी गराएको हो। यसअघि युट्युबले भ्युज कसरी गन्थ्यो भन्ने स्पष्ट खुलाएको थिएन। तर सामान्यतया दर्शकले कम्तीमा ३० सेकेन्ड भिडियो हेरेपछि मात्र एउटा भ्युज गणना हुने गरेको मानिन्थ्यो।

युट्युबले गत वर्ष आफ्ना छोटा भिडियो (शर्ट्स) मा पनि यही नियम लागू गरेको थियो। अन्य प्रतिस्पर्धी प्लेटफर्महरू टिकटक र इन्स्टाग्रामले पनि भिडियो सुरु हुनासाथ भ्युज गन्ने प्रणाली अपनाउँदै आएका छन्।

भ्युज गणनाको यो नयाँ तरिकाले गर्दा अब भिडियोहरूमा देखिने भ्युज संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। थोरै समय मात्र हेरिएका भिडियोहरूको पनि भ्युज धेरै देखिने भएकाले कुनै भिडियो साँच्चिकै कति लोकप्रिय छ भनेर नाप्न यो सार्वजनिक भ्युज संख्या खासै उपयोगी नहुन सक्छ।

क्रिएटरहरूको अलमल हटाउन र उनीहरूको सामग्रीले कति दर्शक पाएको छ भन्ने वास्तविक पहुँच (Exposure) बुझ्न सजिलो होस् भनेर यो परिवर्तन गरिएको युट्युबले जनाएको छ।

दर्शकसँगको वास्तविक संलग्नता मापन गर्न युट्युबले पुरानो भ्युज प्रणालीलाई ‘इंगेज्ड भ्युज’ (Engaged Views) को नाम दिएको छ। क्रिएटरहरूले युट्युब एनालिटिक्स टुलमार्फत आफ्ना दर्शकले कति समयसम्म भिडियो हेरिरहे भनेर हेर्न सक्नेछन्। यस परिवर्तनले क्रिएटरहरूको कमाइ वा युट्युब पार्टनर प्रोग्राम (YPP) को मोनेटाइजेशन योग्यतामा भने कुनै असर नगर्ने कम्पनीले स्पष्ट पारेको छ।

मोनेटाइजेशनमा कडाइ, क्रिएटरहरूको असन्तुष्टि

भ्युज गन्ने तरिका बदलेको युट्युबले भर्खरै नयाँ क्रिएटरहरूका लागि युट्युबबाट पैसा कमाउने (मोनेटाइजेशन) नियम भने निकै कडा बनाएको छ। आगामी वर्षदेखि लागू हुने नयाँ नियमअनुसार विज्ञापन र सब्सक्रिप्सनबाट आम्दानी सुरु गर्न क्रिएटरहरूले अब थप उच्च मापदण्ड पूरा गर्नुपर्नेछ।

नयाँ नियमअनुसार क्रिएटरले पछिल्लो एक वर्षमा कम्तीमा ८ हजार घण्टाको वाच टाइम  वा ९० दिनभित्र २० मिलियन (२ करोड) शर्ट्स भ्युज  पुर्‍याउनुपर्नेछ।

यसअघि  युट्युबबाट कमाइ सुरु गर्न १ हजार सब्सक्राइबरका साथै एक वर्षमा ४ हजार घण्टा वाच टाइम वा ९० दिनमा १० मिलियन (१ करोड) शर्ट्स भ्युज भए पुग्थ्यो। मोनेटाइजेशनका लागि सर्तहरू एकाएक भारी बनाइएपछि साना र नयाँ युट्युबरहरू भने युट्युबको यो निर्णयप्रति असन्तुष्ट बनेका छन्।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...