Tekmandu

भिडियो सुरु हुनेबित्तिकै ‘भ्युज’ गन्ने युट्युबको नयाँ नियम, अगस्ट २४ देखि लागू हुने

काठमाडौं — लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा भिडियोको ‘भ्युज’ (Views) गणना गर्ने नियममा व्यापक फेरबदल गरेको छ। अब युट्युबमा कुनै भिडियो बज्न सुरु हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कोही प्रयोगकर्ता प्रवेश गर्नेबित्तिकै त्यसलाई ‘वान भ्यु’ (१ भ्यु) मानिनेछ।

आउँदो अगस्ट २४ देखि लागू हुने यो नयाँ व्यवस्थाबारे युट्युबले सोमबार एक घोषणामार्फत जानकारी गराएको हो। यसअघि युट्युबले भ्युज कसरी गन्थ्यो भन्ने स्पष्ट खुलाएको थिएन। तर सामान्यतया दर्शकले कम्तीमा ३० सेकेन्ड भिडियो हेरेपछि मात्र एउटा भ्युज गणना हुने गरेको मानिन्थ्यो।

युट्युबले गत वर्ष आफ्ना छोटा भिडियो (शर्ट्स) मा पनि यही नियम लागू गरेको थियो। अन्य प्रतिस्पर्धी प्लेटफर्महरू टिकटक र इन्स्टाग्रामले पनि भिडियो सुरु हुनासाथ भ्युज गन्ने प्रणाली अपनाउँदै आएका छन्।

भ्युज गणनाको यो नयाँ तरिकाले गर्दा अब भिडियोहरूमा देखिने भ्युज संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। थोरै समय मात्र हेरिएका भिडियोहरूको पनि भ्युज धेरै देखिने भएकाले कुनै भिडियो साँच्चिकै कति लोकप्रिय छ भनेर नाप्न यो सार्वजनिक भ्युज संख्या खासै उपयोगी नहुन सक्छ।

क्रिएटरहरूको अलमल हटाउन र उनीहरूको सामग्रीले कति दर्शक पाएको छ भन्ने वास्तविक पहुँच (Exposure) बुझ्न सजिलो होस् भनेर यो परिवर्तन गरिएको युट्युबले जनाएको छ।

दर्शकसँगको वास्तविक संलग्नता मापन गर्न युट्युबले पुरानो भ्युज प्रणालीलाई ‘इंगेज्ड भ्युज’ (Engaged Views) को नाम दिएको छ। क्रिएटरहरूले युट्युब एनालिटिक्स टुलमार्फत आफ्ना दर्शकले कति समयसम्म भिडियो हेरिरहे भनेर हेर्न सक्नेछन्। यस परिवर्तनले क्रिएटरहरूको कमाइ वा युट्युब पार्टनर प्रोग्राम (YPP) को मोनेटाइजेशन योग्यतामा भने कुनै असर नगर्ने कम्पनीले स्पष्ट पारेको छ।

मोनेटाइजेशनमा कडाइ, क्रिएटरहरूको असन्तुष्टि

भ्युज गन्ने तरिका बदलेको युट्युबले भर्खरै नयाँ क्रिएटरहरूका लागि युट्युबबाट पैसा कमाउने (मोनेटाइजेशन) नियम भने निकै कडा बनाएको छ। आगामी वर्षदेखि लागू हुने नयाँ नियमअनुसार विज्ञापन र सब्सक्रिप्सनबाट आम्दानी सुरु गर्न क्रिएटरहरूले अब थप उच्च मापदण्ड पूरा गर्नुपर्नेछ।

नयाँ नियमअनुसार क्रिएटरले पछिल्लो एक वर्षमा कम्तीमा ८ हजार घण्टाको वाच टाइम  वा ९० दिनभित्र २० मिलियन (२ करोड) शर्ट्स भ्युज  पुर्‍याउनुपर्नेछ।

यसअघि  युट्युबबाट कमाइ सुरु गर्न १ हजार सब्सक्राइबरका साथै एक वर्षमा ४ हजार घण्टा वाच टाइम वा ९० दिनमा १० मिलियन (१ करोड) शर्ट्स भ्युज भए पुग्थ्यो। मोनेटाइजेशनका लागि सर्तहरू एकाएक भारी बनाइएपछि साना र नयाँ युट्युबरहरू भने युट्युबको यो निर्णयप्रति असन्तुष्ट बनेका छन्।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...