Tekmandu

एनसेल र बीवाईडीबीच ‘कनेक्टेड भेहिकल’का लागि साझेदारी, गाडीमै सिधै इन्टरनेट चल्ने

काठमाडौं — नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेल र बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच गाडीमै सीधै इन्टरनेट चल्ने ‘कनेक्टेड भेइकल’ सेवा उपलब्ध गराउन सम्झौता भएको छ । यस साझेदारीसँगै अब नेपालमा बिक्री हुने बीवाईडीका हरेक नयाँ गाडीमा एनसेलको ‘इन्टरनेट अफ थिङ्स’ (आईओटी) सिम इन–बिल्ट रूपमै जडान हुनेछन् ।

यो सुविधापछि बीवाईडीका ग्राहकले गाडी चलाउँदा डिजिटल कनेक्टिभिटीको नयाँ र स्मार्ट अनुभव लिन पाउनेछन् । गाडीमा आईओटी सिम जडान भएपछि इन्टरनेट चलाउन आफ्नो फोन कनेक्ट गरिरहनुपर्ने वा मोबाइलको ‘वाइफाइ हटस्पट’ अन गर्नुपर्ने झन्झट हुनेछैन ।

सिम जडान भएपछि गाडीमै इन–भेइकल इन्टरनेट कनेक्टिभिटीको सेवा उपलब्ध हुनेछ । यसबाट ग्राहकले गाडीको सिस्टम (स्क्रिन) बाटै सिधै युट्युब, स्पोटिफाइ, काराओके लगायतका अनलाइन सेवा र मनोरञ्जनात्मक सुविधाहरूको मज्जा लिन सक्नेछन् । यसले बीवाईडीको एप इकोसिस्टमलाई समेत पूर्ण रूपमा सपोर्ट गर्नेछ ।

काठमाडौंमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यस सहकार्यले बीवाईडीका गाडीमा स्मार्ट कनेक्टिभिटी र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा थप्ने बताए । “बाह्य हटस्पटमा निर्भर नभई सिधै इन्टरनेट चल्दा बाटोमा वा ट्राफिक जाममा फसेको बेला पनि भरपर्दो नेभिगेसन सुनिश्चित हुन्छ, जसले ड्राइभिङ अनुभवलाई थप सुरक्षित र सुविधाजनक बनाउँछ,” उनले भने । यसले नेपालमा आईओटी प्रविधिको विकासमा एनसेलको अग्रणी भूमिकालाई थप बलियो बनाएको उनको भनाइ छ ।

यस्तै, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले एनसेलसँगको यो सहकार्य ग्राहकको अनुभवलाई थप उत्कृष्ट बनाउने अर्को महत्त्वपूर्ण कदम भएको बताए । “बीवाईडी सधैँ प्राविधिक नवप्रवर्तनको अग्रपङ्क्तिमा छ । भरपर्दो इन–भेइकल कनेक्टिभिटीले हाम्रा प्रयोगकर्ताहरूलाई बीवाईडी गाडीका स्मार्ट सुविधाहरू पूर्ण रूपमा उपयोग गर्न मद्दत गर्नेछ,” उनले भने ।

पुराना ग्राहकले पनि सुविधा पाउने

कम्पनीका अनुसार यो सुविधा नयाँ गाडी किन्नेले मात्र होइन, हाल बीवाईडी गाडी चढिरहेका पुराना ग्राहकले पनि लिन सक्नेछन् । पुराना ग्राहकले नेपालभर रहेका बीवाईडीका १३ वटा आधिकारिक सर्भिस सेन्टरमध्ये आफूलाई पायक पर्ने स्थानमा गएर गाडीमा एनसेलको आईओटी सिम जडान गरी यसको लाभ लिन सक्नेछन् ।

गाडीमा उपलब्ध हुने इन्फोटेनमेन्ट सुविधाहरू भने गाडीको मोडल, सफ्टवेयर र नेपालमा उपलब्ध सेवामा निर्भर हुनेछ । त्यस्तै, कनेक्टिभिटी प्लान, भ्यालिडिटी र शुल्कको विवरण भने ग्राहकले लिने सेवा प्याकेजअनुसार तय हुने कम्पनीले जनाएको छ । एनसेलको देशैभर फैलिएको नेटवर्क कभरेजका कारण ग्राहकले यात्राका क्रममा निरन्तर इन्टरनेट सुविधा पाउनेछन् ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...