Tekmandu

एनसेल र बीवाईडीबीच ‘कनेक्टेड भेहिकल’का लागि साझेदारी, गाडीमै सिधै इन्टरनेट चल्ने

काठमाडौं — नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेल र बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच गाडीमै सीधै इन्टरनेट चल्ने ‘कनेक्टेड भेइकल’ सेवा उपलब्ध गराउन सम्झौता भएको छ । यस साझेदारीसँगै अब नेपालमा बिक्री हुने बीवाईडीका हरेक नयाँ गाडीमा एनसेलको ‘इन्टरनेट अफ थिङ्स’ (आईओटी) सिम इन–बिल्ट रूपमै जडान हुनेछन् ।

यो सुविधापछि बीवाईडीका ग्राहकले गाडी चलाउँदा डिजिटल कनेक्टिभिटीको नयाँ र स्मार्ट अनुभव लिन पाउनेछन् । गाडीमा आईओटी सिम जडान भएपछि इन्टरनेट चलाउन आफ्नो फोन कनेक्ट गरिरहनुपर्ने वा मोबाइलको ‘वाइफाइ हटस्पट’ अन गर्नुपर्ने झन्झट हुनेछैन ।

सिम जडान भएपछि गाडीमै इन–भेइकल इन्टरनेट कनेक्टिभिटीको सेवा उपलब्ध हुनेछ । यसबाट ग्राहकले गाडीको सिस्टम (स्क्रिन) बाटै सिधै युट्युब, स्पोटिफाइ, काराओके लगायतका अनलाइन सेवा र मनोरञ्जनात्मक सुविधाहरूको मज्जा लिन सक्नेछन् । यसले बीवाईडीको एप इकोसिस्टमलाई समेत पूर्ण रूपमा सपोर्ट गर्नेछ ।

काठमाडौंमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यस सहकार्यले बीवाईडीका गाडीमा स्मार्ट कनेक्टिभिटी र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा थप्ने बताए । “बाह्य हटस्पटमा निर्भर नभई सिधै इन्टरनेट चल्दा बाटोमा वा ट्राफिक जाममा फसेको बेला पनि भरपर्दो नेभिगेसन सुनिश्चित हुन्छ, जसले ड्राइभिङ अनुभवलाई थप सुरक्षित र सुविधाजनक बनाउँछ,” उनले भने । यसले नेपालमा आईओटी प्रविधिको विकासमा एनसेलको अग्रणी भूमिकालाई थप बलियो बनाएको उनको भनाइ छ ।

यस्तै, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले एनसेलसँगको यो सहकार्य ग्राहकको अनुभवलाई थप उत्कृष्ट बनाउने अर्को महत्त्वपूर्ण कदम भएको बताए । “बीवाईडी सधैँ प्राविधिक नवप्रवर्तनको अग्रपङ्क्तिमा छ । भरपर्दो इन–भेइकल कनेक्टिभिटीले हाम्रा प्रयोगकर्ताहरूलाई बीवाईडी गाडीका स्मार्ट सुविधाहरू पूर्ण रूपमा उपयोग गर्न मद्दत गर्नेछ,” उनले भने ।

पुराना ग्राहकले पनि सुविधा पाउने

कम्पनीका अनुसार यो सुविधा नयाँ गाडी किन्नेले मात्र होइन, हाल बीवाईडी गाडी चढिरहेका पुराना ग्राहकले पनि लिन सक्नेछन् । पुराना ग्राहकले नेपालभर रहेका बीवाईडीका १३ वटा आधिकारिक सर्भिस सेन्टरमध्ये आफूलाई पायक पर्ने स्थानमा गएर गाडीमा एनसेलको आईओटी सिम जडान गरी यसको लाभ लिन सक्नेछन् ।

गाडीमा उपलब्ध हुने इन्फोटेनमेन्ट सुविधाहरू भने गाडीको मोडल, सफ्टवेयर र नेपालमा उपलब्ध सेवामा निर्भर हुनेछ । त्यस्तै, कनेक्टिभिटी प्लान, भ्यालिडिटी र शुल्कको विवरण भने ग्राहकले लिने सेवा प्याकेजअनुसार तय हुने कम्पनीले जनाएको छ । एनसेलको देशैभर फैलिएको नेटवर्क कभरेजका कारण ग्राहकले यात्राका क्रममा निरन्तर इन्टरनेट सुविधा पाउनेछन् ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...