Tekmandu

एनसेलबाट विदेश कल गर्दा अब ६० सेकेन्डको पल्स दर लागु

काठमाडौं —  निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ (बहिर्गमन) कलमा नयाँ पल्स दर लागु गरेको छ। कम्पनीले भदौ २ गते मंगलबारदेखि लागू हुने गरी विश्वका १९८ गन्तव्य मुलुकका लागि ६० सेकेन्डको नयाँ पल्स दर कार्यान्वयनमा ल्याएको हो।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको स्वीकृतिका आधारमा यो नयाँ नियम लागू गरिएको कम्पनीले जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले गत साउन २२ गते (२०८३) एनसेललाई नयाँ पल्स दर कायम गर्न स्वीकृति प्रदान गरेको थियो।

प्राधिकरणको स्वीकृतिसँगै अब अष्ट्रेलिया, अमेरिका, क्यानडा, चीन, भारत, जापान, दक्षिण कोरिया लगायतका देशमा कल गर्दा नयाँ पल्स दर गणना हुनेछ। त्यसैगरी  मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, सिङ्गापुर लगायतका देशहरुका साथै बेलायत, फ्रान्स, जर्मनी, इटाली, डेनमार्क, फिनल्याण्ड जस्ता युरोपेली मुलुकहरुमा पनि यो नियम लागु भएको छ।

नयाँ पल्स दर लागू भएका १९८ वटै मुलुकहरुको पूर्ण सूचीका साथै कल र एसएमएसको शुल्कसम्बन्धी विस्तृत जानकारी एनसेलको आधिकारिक वेबसाइटको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा गएर हेर्न सकिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...