Tekmandu

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ। विपद्को समयमा सञ्चार, खोज, उद्धार तथा राहत वितरणमा सहज होस् भन्ने उद्देश्यले कम्पनीले शनिबारदेखि लागू हुने गरी सेवा अवधि लम्ब्याएको हो।

यसअघि बुधबार एनसेलले बाढी प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, सबै नेटवर्कमा कल गर्न मिल्ने (अल नेट) भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त तीन दिने अवधि सकिन लागेसँगै कम्पनीले प्रभावित क्षेत्रमा थप एक हप्ताका लागि निःशुल्क सञ्चार सेवाको सुनिश्चितता गरेको हो।

विपद्को समयमा सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहतका लागि सञ्चार सेवा महत्वपूर्ण हुने भएकाले सेवा अवधि थप गरिएको कम्पनीले जनाएको छ। एनसेलका प्रमुख कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यस योगदानले प्रभावित समुदायलाई विपद्का बेला परिवारसँग सम्पर्कमा रहन र उद्धार कार्यमा खटिएका टोलीलाई समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरे।

१८ वटा मोबाइल टावर पुनः सञ्चालन

बाढीका कारण अवरुद्ध सञ्चार सेवालाई सुचारु गर्न एनसेलले प्रभावित क्षेत्रका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ। अन्य ९ वटा टावर मर्मत गरी छिट्टै सञ्चालनमा ल्याउने कार्य तीव्र रुपमा भइरहेको कम्पनीले जनाएको छ।

यसैगरी  खोज, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनसेलले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग समेत गरेको छ। साथै  प्रभावित क्षेत्रका सर्वसाधारणलाई सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एसएमएस तथा सामाजिक सञ्जालमार्फत आवश्यक सूचना र अलर्टहरू सम्प्रेषण गरिरहेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...