Tekmandu

भौतिक भन्दा डिजिटल वालेट किन बढी सुरक्षित?

काठमाडौं — आजकल किनमेल गर्दा खल्तीमा पैसा वा एटिएम (ATM) कार्ड बोकेर हिँड्ने झन्झट बिस्तारै घट्दै गएको छ। विभिन्न डिजिटल वालेटका कारण स्मार्टफोन र स्मार्टवाचको एकै ट्यापमा सजिलै भुक्तानी गर्न सकिन्छ।

तर  डिजिटल वालेट केवल सुविधा र सहजताका लागि मात्र होइन, सुरक्षाका हिसाबले पनि परम्परागत भौतिक वालेट वा प्लास्टिक कार्डभन्दा कैयौँ गुणा बढी सुरक्षित मानिन्छन्। औँठाछाप (Biometrics), टोकनाइजेसन (Tokenization) र टाढैबाट बन्द गर्न सकिने (Remote Deactivation) जस्ता प्रविधिका कारण डिजिटल वालेटमा रहेका कार्डहरू चोरी हुन वा दुरुपयोग हुनबाट जोगिन्छन्।

फोन हराए वा चोरी नै भए पनि तपाईंको बैंक खाता र कार्ड सुरक्षित रहनुका मुख्य कारणहरू यस प्रकार छन्:

१. बायोमेट्रिक्स र बलियो पासवर्डको सुरक्षा

डिजिटल वालेट प्रयोग गर्नका लागि फोनमा ‘लक स्क्रिन’ वा बायोमेट्रिक (फिंगरप्रिन्ट वा फेस आईडी) अनिवार्य हुन्छ। वालेटबाट जुनसुकै भुक्तानी गर्दा फोनको पासवर्ड वा अनुहार/औँठाछाप देखाउनुपर्छ।

सामान्य भौतिक कार्ड हराउँदा साना भुक्तानीहरू जोकसैले बिना पिन (PIN) गर्न सक्ने जोखिम हुन्छ। तर  डिजिटल वालेटमा प्रयोगकर्ताको अनुमतिविना भुक्तानी सम्भव हुँदैन।

२. टोकनाइजेसन: वास्तविक कार्ड नम्बर कहिल्यै सेयर हुँदैन

डिजिटल वालेटको सबैभन्दा ठूलो प्राविधिक विशेषता ‘टोकनाइजेसन’ हो। भुक्तानी गर्दा वालेटले तपाईंको वास्तविक कार्ड नम्बर पसले वा Merchant लाई दिँदैन। यसको सट्टा एउटा अस्थायी र एकपटक मात्र काम गर्ने युनिक कोड (Token) सिर्जना हुन्छ।

यदि कसैले भुक्तानीका क्रममा त्यो कोड चोरी नै गरे पनि त्यसलाई अन्य कुनै कारोबारमा प्रयोग गर्न मिल्दैन। यसले गर्दा कार्डको वास्तविक विवरण सधैँ गुप्त र सुरक्षित रहन्छ।

३. कार्ड स्किमर्स  र ठगीबाट जोगिने

हामीले एटिएम वा पसलको पओएस (POS) मेसिनमा प्लास्टिक कार्ड छिराउँदा (Insert गर्दा) त्यहाँ जडान गरिएका नक्कली उपकरण वा ‘स्किमर्स’ले कार्डको विवरण चोर्ने खतरा हुन्छ। डिजिटल वालेटमा कार्ड छिराउनु नै नपर्ने (Contactless) भएकाले स्किमिङ प्रविधिबाट हुने ठगीको जोखिम शून्यप्रायः हुन्छ।

४. फोन हराएमा टाढैबाट डेटा नष्ट गर्न सकिने

भौतिक वालेट हराएमा कार्ड रद्ध गर्न बैंकमा फोन गरेर घण्टौँ पखिनुपर्छ। तर डिजिटल वालेट प्रयोगकर्ताले फोन हराएमा एप्पलको ‘फाइन्ड माइ’ (Find My) वा गुगलको ‘फाइन्ड हब’ (Find Hub) मार्फत टाढैबाट आफ्नो डिजिटल वालेटको डेटा पूर्ण रूपमा मेट्न (Wipe) सक्छन्।

यसले फोनमा भएको डिजिटल कार्ड मात्र निष्क्रिय हुन्छ, जसले गर्दा वास्तविक कार्ड रद्द गरेर नयाँ मागिरहनु पर्ने झन्झट हुँदैन।

प्रविधिसँगै सहज बन्दै जीवन

आजकल आधुनिक भौतिक कार्डहरूमा पनि ‘ट्याप-टु-पे’ वा चिप प्रविधि हुन्छ। तर  कहिलेकाहीँ ती प्रविधिले काम नगर्दा मानिसहरू पुरानो र कम सुरक्षित म्याग्नेटिक स्ट्रिप (कालो पट्टी) स्वाइप गर्न बाध्य हुन्छन्। डिजिटल वालेटमा भने त्यस्तो असुरक्षित विकल्पमा जानुपर्ने बाध्यता हुँदैन।

विभिन्न बैंकका धेरै वटा कार्ड खल्तीमा बोकेर हिँड्दा हराउने डर सधैँ रहन्छ। डिजिटल वालेटले यी सबै कार्डलाई एउटै फोनभित्र सुरक्षित राखिदिन्छ। त्यसैले यदि तपाईंले अहिलेसम्म आफ्नो स्मार्टफोनमा डिजिटल वालेट सेटअप गर्नुभएको छैन भने  सुरक्षा र सहजताका लागि आजै कम्तीमा एउटा कार्ड जोड्नु बुद्धिमानी हुनेछ।

सम्बन्धित समाचार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...
सन् २०२८ सम्म चन्द्रमामा मानव उतार्ने नासाको लक्ष्य, आर्टेमिस योजनामा फेरबदल

सन् २०२८ सम्म चन्द्रमामा मानव उतार्ने नासाको लक्ष्य, आर्टेमिस योजनामा फेरबदल

काठमाडौं — अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ सम्म अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्यसहित आफ्नो आर्टेमिस कार्...
एउटा म्यासेज, अनेक काम: यी हुन् नयाँ पुस्ताका एआई एजेन्ट

एउटा म्यासेज, अनेक काम: यी हुन् नयाँ पुस्ताका एआई एजेन्ट

काठमाडौं —सामान्य म्यासेज पठाएकै भरमा इमेल पठाउने, बैठकको समय मिलाउने, यात्राको योजना बनाउनेदेखि अनलाइन किनमेल र रेस्टुरेन्ट बुकिङ...