Tekmandu

डाटा सेन्टरको आकार दोब्बर हुँदै, सन् २०३५ सम्ममा १०६ गिगावाट बिजुली चाहिने

काठमाण्डौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डाटा सेन्टरको बढ्दो मागका कारण विश्वभर ऊर्जाको आवश्यकता तीव्र रूपमा चुलिएको छ। विशेषगरी माइक्रोसफ्ट र मेटा जस्ता ठूला प्रविधि कम्पनीहरूले आफ्ना डाटा सेन्टर सञ्चालन गर्न प्राकृतिक ग्यास (Natural gas) पावर प्लान्टमा ठूलो लगानी गरिरहेका छन्। तर यही आकर्षणका बीच प्राकृतिक ग्यास पावर प्लान्ट निर्माणको लागतमा उल्लेख्य वृद्धि भएको छ।

ब्लुमबर्ग एनईएफ (BloombergNEF) को नयाँ रिपोर्ट अनुसार विगत दुई वर्षमा यस्ता प्लान्ट निर्माण गर्ने खर्च ६६ प्रतिशतले बढेको छ।

लागत र समय दुवैमा उच्च वृद्धि

हाल अमेरिका र इरानबीचको युद्ध जारी रहे तापनि विश्व बजारमा प्राकृतिक ग्यासको मूल्य भने तुलनात्मक रूपमा कमै देखिएको छ। यद्यपि ग्यासको मूल्य स्थिर रहे पनि नयाँ कम्बाइन्ड साइकल ग्यास टर्बाइन (CCGT) पावर प्लान्ट निर्माण गर्ने खर्च भने अप्रत्याशित रूपमा आकासिएको छ। ब्लुमबर्ग एनईएफको रिपोर्ट अनुसार सन् २०२३ मा प्रति किलोवाट विद्युत उत्पादन क्षमता निर्माण गर्न १,५०० डलरभन्दा कम खर्च हुने गरेकोमा गत वर्ष मात्रै यो लागत बढेर २,१५७ डलर पुगेको छ। यसरी हेर्दा प्लान्ट निर्माणको आर्थिक भार निकै बढेको देखिन्छ। लागतमा भएको यो वृद्धिसँगै नयाँ प्लान्टहरू सम्पन्न गर्न लाग्ने समयमा समेत २३ प्रतिशतले वृद्धि भएको छ जसले गर्दा प्रविधि कम्पनी र ऊर्जा प्रदायकहरूमाथि समय र लगानी दुवैको दोहोरो चाप थपिएको छ।

डाटा सेन्टर: ऊर्जा खपतको नयाँ केन्द्र

विद्युतको माग बढ्नुमा डाटा सेन्टरहरू मुख्य कारक मानिएका छन्। ट्रम्प प्रशासनले डाटा सेन्टर सञ्चालकहरूलाई “आफ्नै ऊर्जा ल्याउन” (Bring their own power) आग्रह गरे पनि युटिलिटी कम्पनीहरूले नयाँ उत्पादनको भार ग्राहकहरूमाथि थुपार्ने गरेका छन्। यसले गर्दा सर्वसाधारणमा डाटा सेन्टरप्रति नकारात्मक धारणा (Backlash) समेत बढ्न थालेको छ।

रिपोर्टका अनुसार  सन् २०३५ सम्ममा डाटा सेन्टरको माग अहिलेको तुलनामा २.७ गुणाले बढ्ने प्रक्षेपण गरिएको छ। हाल ४० गिगावाट रहेको माग सन् २०३५ सम्म १०६ गिगावाट पुग्ने अनुमान छ। अहिले १० प्रतिशत डाटा सेन्टर मात्र ५० मेगावाट वा सोभन्दा ठूला छन्  तर आगामी दशकमा औसत डाटा सेन्टरको आकार नै १०० मेगावाटभन्दा ठूलो हुने देखिएको छ।

उपकरणको अभाव र लामो पर्खाइ

प्राकृतिक ग्यास प्लान्ट निर्माणको होडबाजीले ग्यास टर्बाइन (Gas turbines) को चरम अभाव सिर्जना भएको छ। प्लान्टको कुल लागतको ३० प्रतिशत हिस्सा ओगट्ने यी टर्बाइनहरूको मूल्य सन् २०१९ को तुलनामा यस वर्षको अन्त्यसम्म १९५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ। टर्बाइन निर्माण गर्ने प्रविधि जटिल हुने र यसलाई तत्कालै बढाउन नसकिने भएकाले अहिले अर्डर गर्नेहरूले सन् २०३० को सुरुवातसम्म कुर्नुपर्ने अवस्था छ।

विकल्पको खोजी: गुगलको नयाँ बाटो

प्राकृतिक ग्यासको लागत आकासिएपछि सबै कम्पनीहरू यसतै प्लान्टमा मात्र सीमित छैनन्। गुगल (Google) ले नवीकरणीय ऊर्जा (Renewables) र लङ-ड्युरेसन इनर्जी स्टोरेज (Long-duration energy storage) मा आधारित नयाँ अवधारणा अघि सारेको छ।

गुगलले फर्म इनर्जी (Form Energy) को ‘आयरन-एयर ब्याट्री’ (Iron-air batteries) प्रयोग गर्ने योजना बनाएको छ जसले १०० घण्टासम्म लगातार बिजुली उपलब्ध गराउन सक्छ। ग्यास टर्बाइनको मूल्य बढिरहँदा सोलार प्यानल र ब्याट्रीको मूल्य भने समयसँगै घट्दै गएकाले यो प्रविधि एक किफायती विकल्पका रूपमा देखिएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...