Tekmandu

बालबालिकाका लागि सामाजिक सञ्जालमा कडाइ गर्दै युरोपेली संघ, उमेर प्रमाणीकरण गर्ने एप तयार

ब्रुसेल्स (रोयटर्स) — युरोपेली देशहरूले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरिरहँदा युरोपेली संघ (ईयू) ले अनलाइन प्लेटफर्महरूका लागि उमेर प्रमाणीकरण गर्ने एप तयार गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेनले बुधबार ब्रुसेल्समा आयोजित एक पत्रकार सम्मेलनमा उक्त एप चाँडै प्रयोगमा आउने जानकारी दिएकी हुन् ।

अस्ट्रेलियाले गत वर्ष बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा लगाएको ऐतिहासिक प्रतिबन्धपछि युरोपेली मुलुकहरूमा पनि यस्तै किसिमको बहस र तयारी सुरु भएको छ । बालबालिकाको स्वास्थ्य र सुरक्षामा सामाजिक सञ्जालले पार्ने नकारात्मक प्रभावबारे चिन्ता बढ्दै गएपछि ईयूले यसमा तदारुकता देखाएको हो ।

“हामी युरोपेली नियमहरूको कार्यान्वयनमा पूर्ण गति र दृढताका साथ अगाडि बढिरहेका छौँ । हाम्रा बालबालिकालाई पर्याप्त सुरक्षा नदिने अनलाइन प्लेटफर्महरूलाई हामी जवाफदेही बनाउनेछौँ,” अध्यक्ष भोन देर लेयेनले भनिन् । मोबाइल र कम्प्युटर दुवैमा चल्ने उक्त एपमा प्रयोगकर्ताले आफ्नो राहदानी वा परिचयपत्र अपलोड गरेर अज्ञात रूपमा उमेर पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ । उनले बालबालिकाको अधिकार सम्मान नगर्ने कम्पनीहरू विरुद्ध ‘शून्य सहनशीलता’ अपनाइने समेत स्पष्ट पारिन् ।

न्यूनतम उमेर तोक्ने लहर

हाल बेलायत र नर्वे (ईयू बाहिरका मुलुक) सहित कम्तीमा एक दर्जन युरोपेली देशहरूले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेरको हद तोक्ने कानुन बनाइसकेका छन् वा त्यसबारे विचार गरिरहेका छन् । अधिकांश देशले यो उमेर हद १३ देखि १६ वर्षको बीचमा राख्न प्रस्ताव गरेका छन् ।

सोही पत्रकार सम्मेलनमा ईयूकी डिजिटल प्रमुख हेन्ना विर्ककुनेनले विभिन्न राष्ट्रिय योजनाहरूमा उमेर प्रमाणीकरणको प्रक्रियालाई एकरूपता दिन युरोपेली समन्वय संयन्त्र स्थापना गर्ने योजना रहेको बताइन् । आयोगले गत वर्षदेखि नै यस्तो डिजिटल प्रमाणीकरण प्रणाली विकास गरिरहेको थियो ।

चुनौती आगामी योजना

बालबालिकालाई प्रतिबन्धित अनलाइन सामग्रीबाट टाढा राख्नु सरकारहरूका लागि प्राविधिक रूपमा चुनौतीपूर्ण देखिएको छ । अस्ट्रेलियामा प्रतिबन्ध लगाइएपछि भीपीएन (VPN) डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको छ  जसको माध्यमबाट प्रयोगकर्ताहरूले प्रतिबन्ध छल्ने प्रयास गरिरहेका छन् ।

ईयूका एक वरिष्ठ अधिकारीले भीपीएनमार्फत यो प्रणाली छल्न सकिने स्वीकार गरे पनि यो पहल मानिसहरूको अनलाइन निगरानी गर्न नभई बालबालिकालाई अनावश्यक जोखिमबाट जोगाउन ल्याइएको स्पष्ट पारे । “यो एप एउटा यस्तो अवरोध हो जसले बालबालिकालाई अनावश्यक रूपमा खुला हुने अवस्थाबाट बचाउँछ,” ती अधिकारीले भने ।

ईयूमा हालसम्म यसबारे कुनै बाध्यकारी कानुन नबने पनि युरोपेली संसदले गत नोभेम्बरमा सबै सदस्य राष्ट्रहरूमा सामाजिक सञ्जाल पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष हुनुपर्ने प्रस्ताव पारित गरेको थियो । अनलाइन बाल सुरक्षा सम्बन्धी विशेष प्यानलले यसै गृष्म ऋतु (summer) मा आफ्नो सिफारिस बुझाएपछि ईयू व्यापी कानुनबारे अन्तिम निर्णय हुने ती अधिकारीले जानकारी दिए ।

पछिल्ला अपडेट

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

सम्बन्धित समाचार

एनसेल र हिमालयन जाभाबिच साझेदारी: ग्राहकलाई कफीमा ‘बाइ वान गेट वान फ्रि’ देखि विशेष छुटसम्म

एनसेल र हिमालयन जाभाबिच साझेदारी: ग्राहकलाई कफीमा ‘बाइ वान गेट वान फ्रि’ देखि विशेष छुटसम्म

काठमाण्डौं — एनसेलका ग्राहकहरूले अब देशभरका हिमालयन जाभाका आउटलेटहरूमा कफी र खानेकुराको मज्जा लिँदा विशेष सहुलियत पाउने भएका छन्। ...
अब तपाईँको मनसाय बुझेर एआईले तस्बिर बनाउने

अब तपाईँको मनसाय बुझेर एआईले तस्बिर बनाउने

काठमाण्डौं — प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्लेटफर्म 'जेमिनाई' मा नयाँ अपडेट ल्याएको ...
गुगलद्वारा सन् २०२५ मा साढे ८ अर्ब भन्दा बढी भ्रमपूर्ण विज्ञापनमाथि प्रतिबन्ध

गुगलद्वारा सन् २०२५ मा साढे ८ अर्ब भन्दा बढी भ्रमपूर्ण विज्ञापनमाथि प्रतिबन्ध

काठमाण्डौं — प्रविधि क्षेत्रको अग्रणी कम्पनी गुगलले सन् २०२५ मा विश्वभरबाट ८ अर्ब ३० करोडभन्दा बढी हानिकारक र नीतिविपरीतका विज्ञाप...
बालबालिकाका लागि सामाजिक सञ्जालमा कडाइ गर्दै युरोपेली संघ, उमेर प्रमाणीकरण गर्ने एप तयार

बालबालिकाका लागि सामाजिक सञ्जालमा कडाइ गर्दै युरोपेली संघ, उमेर प्रमाणीकरण गर्ने एप तयार

ब्रुसेल्स (रोयटर्स) — युरोपेली देशहरूले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरिरहँदा युरोपेली संघ (ईयू) ले अ...